बढ्यो वैदेशिक लगानीको प्रतिबद्धता

meropati

काठमाडौं,माघ ९ । वैदेशिक लगानीसम्बन्धी कानूनी संरचनामा सुधार तथा लगानी सम्मेलनजस्ता कारण नेपालमा वैदेशिक लगानी प्रतिबद्धतामा सुधार आएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामै वैदेशिक लगानी प्रतिबद्धता रु २७ अर्ब भन्दा बढी पुगेको छ, जुन गत आवको कूल प्रतिबद्धताभन्दा झन्डै रु २ अर्बले बढी हो ।
उद्योग विभागको तथ्यांकअनुसार यस वर्षको पलो छ महीनामा रु २७ अर्ब २८ करोड बराबरको विदेशी लगानी भित्र्याउने प्रतिबद्धताका १५० कम्पनी उद्योग विभागमा दर्ता भएका छन् ।
यस वर्ष सबैभन्दा बढी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ, त्यसपछि सेवा, सूचनाप्रविधि तथा ऊर्जा क्षेत्रमा धेरै लगानी देखिएको छ । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: