बार्सा नेपाल बुटवलको तेस्रो भेटघाट तथा फुटसल सम्पन्न

meropati

 गोविन्द प्रसाद भुसाल

 बुटवल, माघ ११ । बार्सा नेपाल बुटवलको तेस्रो भेटघाट तथा फुटसल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम तिलोत्तमा नगरपालिका योगिकुटिमा रहेको लुम्बिनी फुटसलको ग्राउन्डमा सनिवार सम्पन्न भएको हो।



बार्सा नेपाल बुटवलले आयोजना गरेको यश कार्यक्रममा २७ जनाको उपस्थिति रहेको थियो। बार्सा नेपाल बुटवलले मनोरञ्जनको लागी फुटसल खेलाएको थियो। यस सस्थाको यो तेस्रो भेटघाट कार्यक्रम हो। कार्यक्रम दिउँसो १२ बजे देखि ३बजे सम्म रहेको थियो। यस सस्थाले आउने दिनहरुमा खेलको क्षेत्रलाई अझ फराकिलो बनाउदै खेलसम्बन्धि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने र खेलाडीहरुलाइ प्रोत्साहन गर्ने सहयोग गर्ने कुरा बार्सा नेपाल बुटवलका अन्तरिम अध्यक्ष सागर भण्डारीले जानकारी दिए।

अब छिटै एउटा कमिटी समेत गठन गरेर खेल क्षेत्रलाई अगाडि बढाउने कुरा समेत अन्तरिम अध्यक्ष भण्डारीले बताए। त्यस्तै कमिटी छिटो बन्ने र कमिटीले खेल क्षेत्रमा राम्रोराम्रो काम गर्दै अगाडि बढ्ने र खेलबाट विभिन्न ठाँउहरुमा यस सस्थाले आफ्नो नाम चिनाउन सफलहोस् भन्ने कुरा खेलमा सहभागी बिनोद भुसालले बताए। यस सस्थाले खेल क्षेत्रका खेलाडीहरुलाई निराश नबनाइ अभिलाषा प्रदान गरोस् भन्ने कुरा समेत भुसालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: