यसपटक मिलेन मौसमविद्को अनुमान

meropati

काठमाडौं ,माघ १६ । पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्ने गरेका छन्। उनीहरूले मौसम खुल्छ वा वर्षा, हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः फेल खाएका छैनन्।

तर यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ। यसपटक यस्तै भएको छ।  अर्थात् हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो भएन।



यसबारे  आज (बिहीबार) बिहान महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘हो,  हिजो (बुधबार) गरिएको हाम्रो अनुमान मिलेन, मध्य र पूर्वी क्षेत्रमा वर्षा/हिमपात भएन।’

महाशाखाका मौसमविद्ले हिजो (बुधबार) पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरजसो नै हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्मै हिमपात हुने अनुमान गरेका थिए। तर पश्चिमी क्षेत्रमा बाहेक देशका अन्य ठाउँमा त्यस्तो भएन।

किन मिलेन त अनुमान ? महाशाखाकी मौसविद् पोखरेलले भनिन्, ‘अनुमान हो, कहिलेकाहीं त्यस्तै हुन्छ।’ यस्तै बुधबार महाशाखाका मौसमविद्ले आज बिहीबार पनि वर्षा र हिमपात निकै हुने अनुमान गरेका थिए।-नेपाल खबरमा यो खबर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: