विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

meropati
Spread the love

काठमाडौं,माघ १७ । पर्वतको कुस्मा बजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो मध्ये एक बञ्जीजम्पको सफल परीक्षण भएको छ । पर्वनको सदरमुकाम कुश्मा बजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २ सय २८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाइतमा बिहीबार सफल परीक्षा गरिएको हो ।

द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बञ्जीमा यसअघि ड्रम पठाएर परीक्षण गरिँदै आएकोमा बिहीबार मानिसले नै पहिलो पटक परीक्षण गरेका छन् । बञ्जीका सञ्चालक राजु कार्कीले बन्जी शुभारम्भ गरेका थिए ।
प्राकृतिक पुलमा निर्माण भएको विश्वकै अग्लो बञ्जीजम्प भएको दाबी सञ्चालकको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा क्याम्पिङ रिसोर्ट सञ्चालनका लागि संरचना निर्माण काम भइरहेको छ । रिर्सोटमा सबैजसो कोठाहरु टेन्टबाट बनाइँदैछ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।

4 thoughts on “विश्वकै अग्लोमध्ये एक कुस्माको बञ्जीजम्पको सफल परीक्षण

  1. An outstanding share! I’ve just forwarded this onto a friend who was conducting a little homework on this. And he in fact ordered me breakfast simply because I stumbled upon it for him… lol. So allow me to reword this…. Thanks for the meal!! But yeah, thanx for spending the time to discuss this issue here on your internet site.

  2. Right here is the right web site for anyone who really wants to understand this topic. You understand a whole lot its almost tough to argue with you (not that I personally would want to…HaHa). You definitely put a brand new spin on a topic that has been discussed for ages. Great stuff, just great.

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: