यूरोपेली संघबाट औपचारिक रुपमै बाहिरियो बेलायत

meropati

एजेन्सी ,माघ १८ । बेलायत, यूरोपेली संघ (इयु)बाट औपचारिक रुपमा बाहिरिएको छ । शनिबार बिहानदेखि इयुसँगको ४७ वर्ष लामो आवद्धता बेलायतले तोडेको हो ।

प्रधानमन्त्री बोरिस जोन्सनले भिडियो सन्देश जारी गर्दै अब नयाँ बिहानी आउने बताएका छन् । उनले भनेका छन् ‘ धेरै मानिसहरुका लागि आशा र उम्मिदको एक आश्चर्यजनक क्षण हो जसको बारेमा उनीहरुले कहिल्यै सोचेका थिएनन् ।’



उनले अघि भनेका छन्, ‘निश्चित रूपमा एक तेस्रो समूह पनि छ जो सबैभन्दा अधिक चिन्तामा थियो आखिर यो राजनीतिक गतिरोध कहिले सकिन्छ या सकिँदैन भनेर।’

म सबैको भावनाको कदर गर्छु र मेरो यो खास जिम्मेबारी हाे कि देशलाई अघि बढाउँ’, उनले भनेका छन् । यस क्रममा देशभर र्‍याली भइरहेको छ । केही र्‍यालीमा यो फैसलाको पक्षधर सहभागी छन् भने केही विरोधमा उत्रेका छन् । ब्रसेल्समा यूरोपेली संघको संस्थानबाट ब्रिटेनको झण्डा हटाइएको छ ।

तर यो परिवर्तनका बावजूद कैयौँ पुराना कानुन पहिले जस्तै लागु रहने छन् ।

सन २०१६ मा संघबाट अलग हुने कि नहुने भन्नेबारेमा जनमत संग्रह भएको थियो । जसमा बेलायती नागरिकले संघबाट अलग हुनुपर्ने पक्षमा मतदान गरेका थिए । ५१.९ प्रतिशत नागरिकले जनमत संग्रहमार्फत यूरोपेली संघबाट अलग हुने पक्षमा मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: