चीनको हुवेइ प्रान्तबाट नेपाल फर्कन चाहनेलाई फाराम भर्न सरकारको आग्रह

meropati

काठमाडौं,माघ १९ । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।

हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ ।



“नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ”, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: