महाशिवरात्रिका दिन रिब्दीकोटस्थित जलेश्वर मन्दिरमा भक्तालुको घुइँचो

meropati

पाल्पा, फागुन १० । शुक्रबार ‘महाशिवरात्रि’ पर्व। हिन्दूधर्मालम्बीहरूले आराध्यदेव शिवको पूजाआराधना गरी ‘यो पर्व मनाएका छन् ।

पाल्पाका शिवालय मन्दिरहरुमा भक्तालुहरुको दिनभर घुइँचो लाग्यो । जिल्लाको रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका लगायतका दशवटै स्थानीय तहमा रहेका शिवको मन्दिरमा भक्तालुहरुको घुइँचो लागेको थियो ।



रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलास्थीत जलेश्वर मन्दिरमा शुक्रबार बिहानैदेखि रातीसम्म भक्तालुहरुको घुइँचो लागेको थियो। विगत वर्षदेखि गाउँपालिकाले बजेट विनियोजन गरेर विकास गरेपछि यहाँ भक्तालुहरुको आकर्षण बढेको हो ।

धार्मीक पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि गाउँपालिकाले विशेष योजना बनाएर जलेश्वर क्षेत्रको विकास गर्न लागेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । यहाँ मन्दिरसहित शिवका विभिन्न आकारका मूर्ती र त्रिसुल निर्माण गरिएको छ ।

बालपुरी स्वामीले चिम्टा गाडेर यहाँ पानी निकालेको किवंदन्ती छ । त्यो पानीको स्रोतबाट ४ वटा वडाका स्थानीयले पानी खाँदै आएका छन् । ‘यो क्षेत्र पानीको स्रोत पनि हो ।’ उहाँले भन्नुभयो ‘पानी, जंगल र जैवीक विविधताको हिसाबले यहाँको विकास गर्न सकिन्छ ।’ गाउँपालिकाले लाखौ बजेट विनियोजन गरेर जैवीक विविधता र धार्मीक पर्यटकीय हिसाबले विकास गर्ने काम भइरहेको उहाँले बताउनुभयो । यातायातको सहज व्यवस्थाको लागि सडक स्तरोन्नती गर्ने काम भइरहेको छ ।

१ सय ८ शिवलिंग र १ सय ८ गौमुखे धारा निर्माण गर्ने काम भइरहेको छ । यहाँ आगामी वर्षमा आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको अझै बढी उपस्थिति रहने अध्यक्ष जिसीले बताउनुभयो ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्व भएको किवंदन्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: