बालबालिकालाई रेडियो उद्घोषणबारे सहजीकरण

meropati

पाल्पा, फागुन १० । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोजनामा शनिबार बालबालिकालाई रेडियो उद्घोषण र आधारभूत पत्रकारिताबारे सहजीकरण गरिएको छ ।

तानसेन नगरपालिका वडा नम्बर ११ बन्दीपोखरा, १२ को बौघापोखराथोक र रिब्दीकोट गाउँपालिकाको वडा नम्बर १ ख्याहाका बालबालिकालाई पत्रकारिता के हो ? रेडियोमा समाचार कसरी भनिन्छ, कार्यक्रम कसरी सञ्चालन गरिन्छ भन्ने सैद्धान्तिक पक्षमा सहजीकरण गरिएको हो । २७ वटा बालक्लवका करिब ५० जना बालबालिकाको छलफल कार्यक्रममा सहभागिता रहेको थियो । दुइवटा वडालाई लक्षित गरेर तानसेनको चण्डिभञ्ज्याङमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा र ख्याहामा भएको कार्यक्रममा महासंघका सदस्य मुक्ति प्रसाद न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।



तालिममा सहभागी वर्षा सारु, खेमराज गैरे र नमिता खत्रीले अतिरिक्त ज्ञानले आफुहरुजस्ता बालबालिकालाई भविष्यमा सफल मान्छे बनाउन सहयोग पुग्ने बताए ।

पछिल्लो समयमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुँदै गएकोले यसबारे बालबालिकालाई साक्षार बनाउन एकदिने छलफल कार्यक्रम आयोजना गरेको उत्पीडित उत्थान विकास केन्द्रका कार्यक्रम संयोजक ठाकुरप्रसाद लोहागुनले बताउनुभयो । उहाँका अनुसार समुहमा आवद्ध करिब ५ सय बालबालिकालाई विभिन्न रचनात्मक तालिम तथा कार्यक्रममा सहभागि बनाइएको छ । कारितास नेपालले सहयोग गरेको कार्यक्रममाफर्त बालअधिकार, बालबालिकाको लागि ज्ञानमूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

यस्तै समुहमा आवद्ध बालबालिकाको अभिभावकलाई समुहमा आवद्ध गराई विभिन्न आयमूलक तालिममा सहभागी गराएको कार्यक्रम संयोजक लोहागुनले बताउनुभयो । बालबालिकाका आमाहरुलाई उत्पादनमूलक तालिम, तथा घुम्ती कोष र नगद अनुदान समेत दिदै आएको उहाँले बताउनुभयो । केन्द्रले समुहमा १० हजार घुम्तिकोष र परिश्रमी सदस्यलाई कामको आधारमा ६ हजार अनुदान दिदै आएको छ । आगामी दिनमा बालबालिकाको समुहहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको कार्यक्रम संयोजक लोहागुनले बताउनुभयो ।

सामाजिक परिचालिका मेनुका रसाइलीले यस्ता खालका कार्यक्रमले बालबालिकामा सकारात्मक परिवर्तन आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: