पाल्पा, फागुन १० । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ पाल्पाको अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । संघको शनिबार तानसेनमा सम्पन्न भएको प्रथम अधिवेशनले पाल्पा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा होटल इन्द्रेणीका संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा जीवलाल सुवेदी, उपाध्यक्षमा जयनारायण सापकोटा, महिला उपाध्यक्षमा रञ्जना अर्याल, महासचिवमा लक्ष्मण बस्याल, सचिवमा अमृत नेपाल, कोषाध्यक्षमा अशोक महर्जन, सह–कोषाध्यक्षमा मुकेश जिसी चयन भएका छन्। यस्तै सदस्यहरुमा बसन्त कुंवर, नारायण गोपाल पाण्डे, धिरेन प्रधान, अशोक थापा, रविन्द्र बजा्रचार्य, साजन सुवेदी, मणीकान्त न्यौपाने, सुशील नेपाल, किरण चित्रकार, विष्णु बहादुर थापा, शरण श्रेष्ठ, शोभा भट्टराई चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि होटल तथा रेष्टुरेष्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले मुलुकमा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टले देशको अर्थतन्त्रम टेवा पु¥याएको दावी गर्नुभयो । लाखौ युवालाई होटल तथा रेष्टुरेण्टले रोजगार दिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार महासंघमा ८० हजार व्यवसायीहरु आवद्ध छन् । मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न आफुहरु तयार रहेको अध्यक्ष शाहले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद पूरनमान बज्राचार्य, तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाही, उपप्रमुख लक्ष्मी देवी पाठक, प्रमुख जिल्ला अधिकारी यादव सुवेदी, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष रेवन्त विष्ट, पाल्पा होमस्टेका अध्यक्ष मनमोहन श्रेष्ठ, मदिरा व्यवसायी संघका अध्यक्ष यादवसिंह कार्की, नाटा पाल्पा च्याप्टरका अध्यक्ष प्रदिप प्रसाद उदय, निर्मल श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।
संघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले स्वागत गर्नुभएको थियो ।
सचिव नारायण गोपाल पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष जयराम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस