कोरोना बारे जान्न मन छ ? पैसा नलाग्ने १११५ मा फोन गरेर बुझ्नुहोस्

meropati

काठमाडौं, २९ फागुन । विश्वभर महामरी भएको अवस्थामा नेपाल सरकारले यसको जानकारीका लागि फेन गर्ने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई कोरोनासम्बन्धी जानकारी दिन १११५ को हटलाइन नम्बर राखेर जानकारी गराउन लागेको हो ।



शुक्रबार ११ बजेदेखि यो सेवा सञ्चालनमा आउनेका साथै साथै, मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि सर्भिलेन्स अफिसर परिचालन गर्ने भएको छ।

त्यसका लागि जनस्वास्थ्यका १८ स्वास्थ्यकर्मीलाई तालिम दिएर सर्भिलेन्स अफिसरको जिम्मेवारी दिइएको जानकारी उनले बताए ।सर्भिलेन्स अफिसरहरुलाई कसरी काम गर्ने भन्‍ने विषयमा उनीहरू सबैलाई तालिम समेत दिइसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: