कोरोना भाइरस संक्रमित सवा लाख, उपचारपछि संक्रमणमुक्त ६२ हजार

meropati

काठमाडौं, ३० फागुन । कोरोना भाइरसको संक्रमित संख्या सवा लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार एक लाख २५ हजार संक्रमित भइसकेका छन् । त्यसमध्ये ६२ हजार उपचारपछि संक्रमणमुक्त भएका छन् ।

सँसारभर संक्रमितमध्ये ८२ प्रतिशत चीनमा छन् । संक्रमितमध्ये २० प्रतिशतलाई विशेष उपचारको आवश्यकता परेको छ । संक्रमितमध्ये दुई प्रतिशतको निधन भएको छ । चीनमा संक्रमितबाट मर्नेहरु दुई प्रतिशत छन् ।



कोरोना भाइरसबाट युरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित छन् । जर्मनीमा पनि खतरा बढेको छ । एशियामा चीनपछि इरान र दक्षिण कोरियामा बढी संक्रमित छन् ।

भारतमा पनि संक्रमण फैलिएको छ । अमेरिकामा १२ सयभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

कोरोना भाइरसले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ । कतिपय देशहरु ठप्प छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: