घरेलु मदिरा सेवनबाट धुनुषाको रमदैयामा मृत्यु हुनेको संख्या १२ पुग्यो

meropati

धनुषा, १ चैत । घरेलु मदिरा पिउँदा धुनषामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । शनिवार विहानसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ भने पाँच जना सिकिस्त विरामी छन् । घरेलु मदिराका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा मृत्युधुन बजिरहेको छ । दुई सातामा मृत्यु हुनेको संख्या १२ रहेको छ ।

शुक्रवार राति ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको छ । ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।

त्यस्तै दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको थियो । सुरुमा मृत्युको कारण खुल्न सकेको थिएन । प्रहरी र डाक्टरको अनुसन्धानपछि घरेलु मदिरा सेवन गरेका कारण उनीहरुको मृत्यू भएको पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: