सवारी दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु

meropati
Spread the love

एजेन्सी, १ चैत । भारतको राजस्थानस्थित जोधपुरमा शनिवार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । जीप र ट्रली एकआपसमा ठोक्किँदा जीपमा सवार १४ जनामध्ये ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ४ पुरुष ६ महिला सहित एकबच्चा रहेका छन् । घाइते तीन जनाको जोधपुर अस्पतालमा उपचार भैरहेको छ । नवविवाहित जोडीसहित रामदेवरा दर्शनका लागि निस्केको जीप दुर्घटनामा परेको हो ।



ठक्करपछि जीप ट्रलिको मुनि थिचिएको प्रहरीले जनाएको छ । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

3 thoughts on “सवारी दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु

  1. Hello this is kinda of off topic but I was wondering if
    blogs use WYSIWYG editors or if you have to manually code with HTML.

    I’m starting a blog soon but have no coding skills so
    I wanted to get guidance from someone with experience.
    Any help would be enormously appreciated!

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: