बुटवलमा सडक मिचेका घर खाली गर्न आयाेजनाकाे १५ दिने सुचना

meropati

बुटवल ५ चैत ।  ब्यापारीक मार्ग बिस्तार आयाेजनाले सडक सिमा मिचेका घरधनीहरुलाई १५ दिन भित्र खालि गर्न सुचना जारी गरेकाे छ|

लामाे समयदेखि अदालतकाे आदेशका कारण अलमलमा परेको बुटवलको सडक बिस्तार कार्य अगाडि बढन लागेको छ ।



याे संगै आयाेजनाले सुनवल परासी सडक खण्डका सडकको केन्द्र देखि दायाँबायाँ २५/२५ मिटर सिमा भित्र बनेका घर तथा टहरा हटाउन सुचना जारी गरेकोे छ ।

आयाेजनाले उच्च अदालत तुल्सीपुरकाे बुटवल ईजलासले गरेकाे आदेश बमोजिम मुआब्जा प्रकृयाका लागि निवेदन दिएका घरधनी मध्ये कमला देवी श्रेष्ठ, जनक काेईराला, किशोर कुमार श्रेष्ठ , सायरा खातुन र जिवनलाल बज्राचार्यकाे  बाहेक अन्यकाे मुआब्जा दिन नपर्ने निर्णय गरिएको समेत सुचनामा उल्लेख छ ।

सडक बिस्तारले आफुहरुकाे स्वामित्वको जग्गा सरकारी बन्ने हुदा मुआब्जाकाेे माग गर्दै बुटवलको सडक किनाराका १५५ जना घरधनीले उच्च अदालत तुल्सीपुरकाे बुटवल ईजलासमा रिट दायर गरेका थिए ।

उनिहरुकाे निवेदनमा फैसला गर्दै अदालतले जिल्ला प्रशासन कार्यालय मार्फत मुआब्जा प्रकृया अगाडि बढाउन निर्देशन दिएकाे थियो ।

जिल्ला प्रशासन कार्यालयले मुआब्जा प्रकृया अगाडि बढाउदा समेत घरधनीहरुकाे पक्षमा नभएपछि घरधनीहरु पुनरावेदनको लागि गृह मन्त्रालय गुहारेका थिए । तर गृहले समेत जिल्ला प्रशासन कार्यालयले गरेकाे निर्णय नै सदर गरेकाे छ ।

सडक किनारका घरधनीहरुकाे अवराेध र अदालतकाे आदेशका कारण २ बर्ष अगाडि काम सुरु भई सक्नुपर्ने बुटवलको राजमार्ग चाैराह देखि गाेलपार्क सडक काम सुरु हुन सकेकाे थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: