समाज

देशभरका संग्रहालयहरु पनि बन्द

काठमाडौँ, ६ चैत । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हनुमानढोका दरबार संग्रहालय, नारायणहिटी दरबार संग्रहालय, राष्ट्रिय संग्रहालय छाउनी, पाटन संग्रहालय, सांस्कृतिक केन्द्रहरु, राष्ट्रिय अभिलेखालय चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालका अनुसार, मन्त्रालय मातहतका सांस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानका सभाहल र प्रेक्षालय पनि चैत्र मसान्तसम्मकालागि बन्द गरेको छ।


advertisement

ती स्थानमा पूर्व निर्धारित कार्यक्रम पनि नगराउन मन्त्रालयले ती केन्द्र प्रमुखलाई निर्देशन दिएको छ। त्यस्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम), नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्दै आएका पठनपाठन पनि चैत्र मसान्तसम्मलाई बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै मन्त्रालय, विभाग तथा मातहतका निकायले गर्ने तालिम, गोष्ठी, सेमिनार, सभा, सम्मेलन पनि चैत्र ३० गतेसम्मलाई बन्द गरिएको छ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: