बुटवलमा २४ घण्टामा अस्थायी अस्पताल बनाइँदै

meropati

बुटवल, ७ चैत । बुटवलमा २४ घण्टामा कोरोना विशेष अस्थायी अस्पताल बनाइने भएको छ ।

छुट्टै आइसोलेसन वेडहरू रहने यो अस्पतालको नाम बुटवल कोरोना बिशेष अस्थायी अस्पताल राखिएको छ । शुक्रबार निर्माण थालिएको अस्पताल २४ घण्टाभित्रै सञ्चालनमा ल्याइने तयारी छ ।



बुटवल रामनगरको औद्योगिक क्षेत्रस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा आइसोलेसन अस्पताल सञ्चालन गर्न लागिएको हो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा अस्पताल सञ्चालनमा आउँदैछ ।

अस्पतालमा एकसय आइसोलेसन बेड हुने अस्पताल सञ्चालनपछि भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा कोरोनाको सम्भावित खतरासंग जुध्न ठूलो सहयोग पुग्ने छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टाईले संभावित खतरालाई टार्न यो अस्पताल प्रभावकारी हुने बताए ।

यसअघि चितवनको भरतपुरमा ७२ घण्टामा ७० वेडको कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: