समाज

आईसीयुमा भर्ना भएका बिरामीको मृत्यु : यस्तो छ भरतपुर कोरोना विशेष अस्पतालको विज्ञप्ति

काठमाडौं, ११ चैत । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका व्यक्ति चितवन मेडिकल कलेजबाट रिफर गरिएको बिरामी भएको अस्पतालले जनाएको छ ।

कोरोना विशेष अस्पतालका प्रमुख तथा प्रवक्ता डाक्टर भोजराज अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मृतक वीरगन्ज महानगरपालिका २२ स्थित जगन्नाथपुरका ३० वर्षीय  सन्तोष यादव हुन् ।


advertisement

उनी पहिलेदेखि नै लुपुस भन्ने रोगले मिर्गौला समेत समस्या देखिएका बिरामी रहेको र गत चैत ९ गते चितवन मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनलाई कोरोना भाइरसको आशंकामा सोमबार राति कोरोना विशेष अस्पतालमा रिफर गरिएको थियो ।

‘यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भइ चितवन मेडिकल कलेजबाट रिफर भइ कोभिड १९ को आशंकामा आउनु भएको थियो’, डा अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ १० गते भर्ना गरिएको उक्त विरामीको स्वाब (नमुना कलेक्सन) १० गते गते नै गरी काठमाडौं पठाइएको छ ।’

उनको १० गते दिउँसोदेखिबाट नै श्वासप्रस्वासमा समस्या बढेपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्ष (आईसीयु) मा सारिएको उनको भनाइ छ ।

तर समस्या घट्नुको साटो बढ्दै गइ मंगलबार बिहान साढे ९ बजे चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ ।

स्वावको रिपोर्ट आउन बाँकी रहेकाले मृत शरीरलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा रााखएको अस्पतालले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: