काठमाण्डौ, १३ चैत । पश्चिम नेपालको आकाशमा ज्वाला सहितको वस्तु देखिएको छ । आकाशमा आगोको ज्वाला जस्तो वस्तु उत्तरपूर्वबाट दक्षिण पश्चिमतर्फ गएको बुझिएकाे छ ।
आकाशमा ज्वाला देखिए लगत्तै ठूलो आवाज आएकाे भनि अहिले सामाजिक संजालमा चर्चा छ ।
यसकाे बारेमा कतिपयले पाल्पामा खसेकाे भनेका छन् भने कतिले गुल्मीमा यता चितवनमा समेत यो देखिएकाे र ठूलो आवाज आएकाे चितवनमा बस्नेहरुले सामाजिक संजालमा वताएका छन् ।
स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठानका स्थानियले आकाशमा अचम्मकाे वस्तु देखिएकाे सामाजिक सञ्जालमा लेखेका छन् । यसकाे बारेमा खास के हो थाहा नभएता पनि उल्का पिन्ड पृथ्वीमा खसेकाे भनिएकाे छ ।
प्रतिकृया दिनुहोस