बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण

meropati

एजेन्सी, १४ चैत्र । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनको टेष्ट पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बसेका छन् ।

बीबीसीका अनुसार जोन्सन काममा भने सक्रिय हुनेछन् । उनी आइसोलेसनमा रहेर काममा रहनेछन् ।



बेलायतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा जोन्सन संक्रमित भएका हुन् । यसअघि बेलायती राजकुमार चाल्र्सलाई कोरोना संक्रमण भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: