काठमाडौं, १४ चैत । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ।
धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको हो।
उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस