समाज

विश्वभर कोरोना भाइरसबाट संक्रमित छ लाख नजिक, मृतक संख्या २७ हजार कट्यो

एजेन्सी, १५ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म ५ लाख ९४ हजार ३ सय ७७ जना संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेका संख्या २७ हजार २ सय ५० पुगेको छ । संक्रमित भएकामध्ये १ लाख ३३ हजार ६ जना संक्रमणमुक्त भएका छन् ।


advertisement

सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या छ । त्यसपछि दोस्रोमा इटाली छ । यसअघि चीनमा बढी संक्रमित संख्या भएकोमा बिहिबार साँझबाट चीनलाई अमेरिकाले उछिनेको हो भने शुक्रबार साँझ इटालीले पनि उछिन्यो ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: