नेपालमा थपिए नयाँ कोरोना संक्रमितः जम्मा संख्या ६ पुग्यो

meropati

काठमाडौं, २० चैत ।  नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएकाे छ । यो संगै नेपालमा संक्रमितकाे संख्या ६ पुगेकाे छ । आज संक्रमण पुष्टीहुने पनि चैत्र ४ गते विदेशबाट नेपाल आएका ब्यक्ति हुन ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए ।



यस अघि भेटीएका सहित तीनै जना चैत ४ गते कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएका हुन्।  स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

आज सम्म नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको जानकारी गराए ।

यसअघि संक्रमण देखिएका सबैको स्वास्थ्य सामान्य रहेको डा देवकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: