काठमाडौं, २२ चैत । कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । शनिबार बिहान करिब ८ बजेसम्म कोरोनाका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५९ हजार १५९ छ ।
८ लाख १० हजार ४६० जना कोरोना संक्रमितको उपचार भइरहेको छ भने यसमध्ये ३९ हजार ४३९ को अवस्था गम्भीर छ । ७ लाख ७१ हजार २१ जनाको अवस्था मध्यम रहेको छ ।
२ लाख २८ हजार ९२३ कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । अहिलेसम्म कोरोना संक्रमण देखिनेको संख्या १० लाख ९८ हजार ३ सय ९० रहेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै इटलीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । स्पेनमा ११ हजार १९८ जनाको ज्यान गइसकेको छ भने अमेरिकामा ७ हजार ३९२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
नेपालमा पनि प्रवेश गरेको कोरोनाका कारण अहिलेसम्म कसैको पनि ज्यान गएको छैन । ५ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिने सबै विदेशबाट नेपाल आएका हुन् । विभिन्न देशमा महामारिकाे रुपमा देखापरेकाे कोरोनाकाे कहर चलेकाे छ ।
Keep on writing, great job!