मुख्य समाचार

कोरोना कहरः विश्वभर १२ लाख भन्दा बढी संक्रमित, मृत्यु हुनेकाे संख्या ६५ हजार

काठमाण्डाै, २३ चैत । दुई सय पाँच देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस (काेभिड १९) सङ्क्रमणमा कारण अहिले विहान ७ बजे सम्ममा १२ लाख १ हजार ७सय ७० जना मानिस बिरामी भएका छन् । यसै मध्ये दुई लाख ४६ हजार चार सय ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन्  ।

विश्वभर १२ लाख १ हजार ७सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । आठ लाख ८८ हजार सात सय ४७ जनाको उपचार भइरहेकाे छ । ६४ हजार ७ सय १० जनाको भने ज्यान गएको छ ।


advertisement

गएको २४ घण्टामा अमेरिका र फ्रान्समा नै दुई हजारभन्दा धेरैको ज्यान गएको छ । फ्रान्समा एक हजार ५३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या साढे सात हजार नाघेको छ । यस्तै अमेरिकामा एक हजार ३८ जनाको ज्यान गएसँगै आठ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १५ हजारभन्दा धेरै र स्पेनमा झण्डै १२ हजारको ज्यान गइसकेको छ । यस्तै अमेरिकामा सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ भने स्पेनमा एक लाख २६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: