कोरोना महामारीः अमेरिकामा सबै भन्दा बढी संक्रमित, मृत्यु समेत चौविस घण्टामा १ हजार बढी

meropati

एजेन्सी, २३ चैत्र । अमेरिकामा कोरोना भाइरस संक्रमित हजारौंको संख्याले बढिरहँदा स्थिति भयावह बन्न थालेको छ । त्यहाँ संक्रमित संख्या ३ लाख नाघिसकेको छ । मृतक ८ हजार कटेको ।

पछिल्लो २४ घन्टामा संक्रमणबाट १५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दुवै बढेपछि त्यहाँ त्रास उत्पन्न भएको छ । अमेरिकामा हालसम्म ८ हजार ४ सय ५२ को मृत्यु भइसकेकोमा गत २४ घन्टामा थप ११ सय जनाको मृत्यु भएको तथ्यांक छ ।



विश्वमा सबैभन्दा बढी संक्रमित देश पनि अमेरिका भएको छ । त्यहाँ ३ लाख ११ हजार ३ सय ५७ मानिस संक्रमित भइसकेका छन् ।

न्युयोर्क अमेरिकामा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । त्यहाँमात्र ३५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: