काठमाडौं, २३ चैत । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २५ चैतसम्म गरिएको लकडाउनलाई कडाइ गर्ने निर्णय गरेको अर्थ तथा सूचना एवं सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।
‘एक प्रदेशबाट अर्को प्रदेशमा, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमन रोकिनेछ,’ डा. खतिवडाले भने, ‘कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई कडा रूपमा लागू गर्नेछ ।’
११ चैतदेखि लागू लकडाउन सरकारले बढाएर २५ चैतसम्म पु-याएको थियो । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा लकडाउनलाई थप कडा रूपमा लागू गर्दै घरमै बस्न सरकारले पुनः अपिलसमेत गरेको छ । उच्च सतर्कता अपनाउँदै लकडाउनलाई कडाइँ गरिने सरकारका प्रवक्तासमेत रहेको मन्त्री डा. खतिवडाले बताए ।
यस्तै, सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा -यापिट टेस्ट कीट प्रयोग गरेर कोरोनाको परीक्षण गर्ने निर्णय पनि गरेको छ । ¥यापिट टेस्ट कीटको परीक्षणबाट रिपोर्ट पोजेटिभ देखिए पुनः पीसीआर टेस्ट गर्ने निर्णय भएको उनले बताए ।
शनिबार नै कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसमध्ये कैलालीमा संक्रमित महिला नेपालभित्रै संक्रमण भएकी पहिलो व्यक्ति हुन् । यसअघिका सबै जना संक्रमित विदेशबाट आएका थिए ।
यसले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकाल्दै सरकारले मास स्केलमा परीक्षण सुरु गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ को उपचारमा फ्रन्ट लाइनमा रहने स्वास्थ्यकर्मीको भूमिका महŒवपूर्ण हुने भएकाले उनीहरूलाई खलल पु¥याउने र उनीहरूमाथि असहज हुने खालका कुनै गतिविधि भएमा कानुनअनुसार कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेका छन् । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुकका रूपमा रहँदै आएको बहराइनमा रहेका नेपालीको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री ओलीले समकक्षीसँग फोनवार्ता गरेका छन् ।
शुक्रबार एकैपटक बहराइनमा कार्यरत ९ नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओलीले शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले समकक्षीसँग टेलिफोन वार्ता गरी नेपालीहरूको अवस्थाबारे जानकारी लिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘नेपाली श्रमिकहरूको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानीग र्ने क्रममा शनिबार बहाराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरे । त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें ।’
प्रधानमन्त्री ओलीले नेपालीहरूका अन्य गन्तव्य मुलुकका प्रमुखहरूसँग पनि छलफल तथा वार्ता जारी राख्ने बताएका छन् । राजधानीदैनिकमा खबर छ ।
If you want to get a good deal from this post then you have to apply these techniques to
your won webpage.
Way cool! Some very valid points! I appreciate you penning this article and also the rest of the site is really good.
I enjoy what you guys are up too. Such clever work and exposure!
Keep up the good works guys I’ve included you
guys to my personal blogroll.
Fantastic beat ! I wish to apprentice while you amend your
website, how can i subscribe for a blog website? The account aided me a acceptable
deal. I had been tiny bit acquainted of this your broadcast offered bright clear concept