स्वास्थ्य

सम्भावित कोरोना संक्रमितकाे तथ्याङ्क पत्ता लगाउनका लागी प्रदेश ५ मा मोबाइल एप संचालन

बुटवल, २३ चैत । प्रदेश ५ मा सम्भावित कोरोना संक्रमितकाे तथ्याङ्क पत्ता लगाउनका लागी मोबाइल एप बनाएर सञ्चालनमा ल्याएको छ।

‘कोभिड १९ ट्य्राकिङ इन्फर्मेशन सिस्टम’ नामको एप इन्ड्रोइड फोनको प्लेस्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध रहेको प्रदेश नम्बर ५ मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।


advertisement

यो एप cm.p5.gov.np बाट पनि डाउनलोड गर्न सकिने बताइएकाे छ ।

यो एपले कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीको विवरण र लोकेसन संकलन गर्नेछ। जसले गर्दा बिरामी पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने कार्यालयले जनाएको छ।

देश भित्रका तथा वाहीरबाट आएका सबैले यसमा आफ्ना जानकारी गराउन सकिने छ ।

आफू र टोल छिमेकका कसैमा कोरोना भाइरस सम्बन्धी लक्षण देखिए एपमार्फत जानकारी गराउन पनि प्रदेश सरकारले आह्वान गरेको छ।

सबै जानकारीहरु गोप्य रहने बताइएकाे छ । साथै आवश्यक अन्य जानकारी समेत एपमा पाउन सकिने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: