अमेरिकामा बाघमा समेत देखियो कोरोना भाइरस पोजेटिभ

meropati

एजेन्सी, २४ चैत ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अति प्रभावित अमेरिकी सहर न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ ।

काेराेनाकाे इपिसेन्टर बनेकाे अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानाको ४ वर्षे मलायन पोथी बाघमा कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको हो।



चिडियाखानाका अनुसार आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले त्यस बाघको नमुना परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको हो।

चिडियाखानामा काम गर्ने व्यक्तिबाट बाघमा काेराेना भाइरस सरेको अनुमान गरिएको छ।

‘हामीले अति सावधानीपूर्वक बाघको स्वास्थ्य परीक्षण गरिरहेका छौं,’ चिडियाखानाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ जसले कोरोना भाइरसबारे विश्वले गरिरहेको प्रयासलाई योगदान गर्ने विश्वास दिलाउन चाहन्छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: