समाज

हत्या अभियोगमा सासूससुरासहित देउरानी पक्राउ

वीरगन्ज, २४ चैत । कोरोना संक्रमणको बढ्दो मानवीय महामारीमा पनि आफ्नै घरको सदस्यलाई मारेर जलाउँदै गरेको समयमा पर्सामा तीन अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने सबै एकाघरका सासूससुरा र देउरानी हुन् ।

उनीहरूले रातिको समयमा पर्साको बहुदरमाई नगरपालिका–८ की २५ वर्षीया बुहारी उर्मिलादेवी पण्डितलाई परपुरुषसँग सम्बन्ध राखेको बहानामा हत्या गरी घाटमा लगेर जलाउँदै गरेको अवस्थामा प्रहरीले पिछा गरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतकका ससुरा करिब ५५ वर्षीय सुरेश पण्डित, सासू ५० वर्षीय फूलकुमारी देवी र देउरानी २३ वर्षीय मालतीदेवी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।


advertisement

उनीहरूले उर्मिलालाई कर्तव्य गरी मारेर बिहानीपख घरनजिकैको घाटमा जलाउँदै गरेका रहेछन् । प्रहरीलाई सो सूचना आएपछि पिछा गर्दै जाँदा मृतकको शरीरको केही भाग जल्न बाँकी रहेको समयमा शव पनि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

मृतकका श्रीमान् विदेशमा रहेको समयमा कान्छी बुहारीसँग मिलेर जेठी बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको घटनास्थलमा गएका इलाका प्रहरी कार्यालय पोखरिया पर्साका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयसँग मिलेर काम गरिरहेको उनको भनाइ छ ।

पक्राउ परेका तीनै जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

आजकाे राजधानीदैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: