कपिलवस्तुमा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

meropati

बुटवल, २५ चैत । कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचारत एक बिरामीको मृत्यु भएको छ ।

शुक्रबारदेखी अस्पतालको आइसोलेसनमा राखिएका  कपिलवस्तु विजयनगर गाउँपालिका– २ जलैयाका ३० वर्षीय गोबद्र्धन भरको सोमबार साँझ ८ बजे मृत्यु भएको अस्पतालका मेडिलक सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।



फोक्सो र मुटुले काम गर्न छाडेपछि भरको मृत्यु भएको उनले जानकारी दिए । भरको स्वाब परीक्षणका लागि बुटवलमा ल्याइए पनि अझै रिपोर्ट आइनसकेको उनले बताए  ।

ज्वरो र खोकी आउने तथा छाती दुख्ने गरेपछि भरलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचार गराइएको थियो र त्यहाँ उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल पठाइएको थियो ।

भरको शवलाई अस्पतालको फ्रिज घरमा राखिएको छ । रिपार्ट आएपछि मात्र शवलाई परिवारको जिम्मा लगाइने बन्जाडेले बताए ।

यसअघि बुटवल कोरोना अस्पतालमा पाल्पा घर भई हाल रुपन्देहीको सैनामैना बस्ने ३४  वर्षका बावुराम थापाको पनि मृत्यु भएको थियो । थापाको रिपोर्ट नेगेटिभ आएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: