अमेरिकामा कोरोनाः स्थिति भयावह बन्दै, २४ घन्टामा १२ सयको मृत्यु, ३० हजार बढी नयाँ बिरामी

meropati

एजेन्सी, २५ चैत्र । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघ्दा अमेरिकामा मात्र १० हजारको मृत्यु भइसकेको छ । अमेरिकामा बितेको २४ घन्टाभित्र १२ सय ५५ जनाको मृत्यु भएको छ । साथै ३० हजार ३ सय ३१ जना नयाँ विरामी समेत थपिएका छनु ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई हप्ता अवस्था डरलाग्दो हुने बताएका थिए । ह्वाइट हाउसले दुई लाख भन्दा बढी मानिसको मृत्यु हुने अनुमान सार्वजनिक गरिकेको छ ।



विश्वभर १३ लाख भन्दा बढी संक्रमित हुँदा अमेरिकामा साँढे ३ लाख संख्या कटिसकेको छ । यो संख्या दिनानुदिन बढ्दै छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर मृतक संख्या बढेर ७४ हजार ६ सय ४७ पुगेको हो । संक्रमित संख्या १३ लाख ४५ हजार ७ सय ५१ छ ।
सबैभन्दा बढी अमेरिकामा ३ लाख ६७ हजार ४ जना संक्रमित संख्या छ । त्यसपछि स्पेन, इटाली र जर्मनीमा संक्रमित संख्या एक लाख कटिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: