बुटवलको कोरोना अस्पतालमा आइसियू निर्माण

meropati

रुपन्देही, १ बैशाख । बुटवल रामनगरस्थित औद्योगिक क्षेत्रमा कोरोना बिरामीहरूका लागि आइसोलेसन विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष (आइसियू) निर्माण सम्पन्न भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइसियू कक्षको  निरीक्षण गरेका छन् । अस्पतालको निरीक्षण गर्दै पोखरेलले खटिएका स्वास्थ्यकर्मीहरूलाई ढुक्कका साथ बिरामीहरूको उपचारमा गर्न निर्देशन दिए ।

‘हामी सकेसम्म प्रदेशभित्र कोरोना संक्रमण हुन नदिने गरी काम गर्छाैं,’ उनले भने, ‘यदि प्रदेशमा कोरोना संक्रमण देखापरे सघन उपचार कक्षमा रहेर बिरामीको उपचार गर्न नपर्ने गरी व्यवस्थित गर्न लागिपरेका छौँ ।’  निकै जटिल परिस्थितिमा मात्र प्रयोग हुने उल्लेख गर्दै पोखरेलले यी पूर्वाधार प्रयोगमा नआओस् भन्ने आफूहरूले चाहेको बताए ।



गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा आइसियू निर्माण गरिएको हो । आइसियू स्थापनामा करिब दुई करोड लगानी भएको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।

आठ थान आइसियूका बेडसहित आवश्यक चार थान भेन्टिलेटर, आठ थान मनिटरलगायतका उपकरण मुटु अस्पतालले सहयोग गरेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।

उक्त आइसियू कक्षका लागि रुपन्देहीका संघसंस्थाहरुको सञ्जालले करिब ४१ लाख रुपैयाँ सहयोग गरेका छन् ।

निर्माण व्यवसायी संघ रुपन्देहीले अस्पतालका लागि आवश्यक ३० वटा अस्थायी शौचालय निर्माण गरिदिएको छ । उक्त अस्पतालका लागि आवश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: