अमेरिकामा संक्रमितकाे संख्या ६ लाख नजिकः विश्वभरी १ लाख २० हजारकाे मृत्यु

meropati

एजेन्सी, २ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण मंगलवार विहान १० बजे सम्म विश्वभर संक्रमितको संख्या १९ लाख २५ हजार १ सय ९० पुगेको छ । विश्वभर मृत्यु हुनेको संख्या १ लाख १९ हजार ७ सय १ पुगेको छ भने ४लाख ४७ हजार ८ सय ३३ जना निको भएका छन् ।

मंगलवारसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा २३ हजार ६ सय ४४ पुगेको छ । अमेरिकामा ५ लाख ८६ हजार ९ सय ४१ मा संक्रमण देखिएको छ भने ३६ हजार ९ सय ४८ निको भएका छन् ।



बेलायतमा मृतकको संख्या ११ हजार ३ सय २९ जनाको मृत्यु भइसकेको छ भने ८८ हजार ६ सय २१ संक्रमित छन्् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: