कोरोना भाइरस अपडेटः

सनसिटीबाट पाटन अस्पतालको आइसोलेसनमा पुरयाइएकी महिलाको रिपोर्ट नेगेटिभ

काठमाडौँ, ३ बैशाख । मंगलबार सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीनमध्ये दुई जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपनि एक जनामा भने संक्रमण नेगेटिभ आएको छ ।

सो अपार्टमेन्टमा बसेका ८१ बर्षीया आमा, ५८ वर्षिय छोरालाई परीक्षणका क्रममा मंगलबार पोजेटिभ देखिएको थियो । तर ५८ बर्षिय छोराका श्रीमतीको रिपोर्ट संकास्पद देखिएपछि पुन परीक्षण गरिएको थियो ।


advertisement

तर पुन परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए । उनीहरु गत ५ चैतमा बेलायतबाट आएर सनसिटी अपार्टमेन्टमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: