कोरोना अपडेटः विश्वभर संक्रमितकाे संख्या २५ लाख नाध्योः मृत्यु हुनेकाे संख्या समेत १ लाख ७२ हजार

meropati

काठमाडौँ, ९ बैशाख । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर एक लाख ७१ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ । यो मंगलवार साँझ सात बजे सम्मकाे अपडेट हो ।

हालसम्मको तथ्यांक अनुसार विश्वका २५ लाख ३ हजार ३ सय ८३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ६ लाख ५९ हजार ३ सय जना भने उपचारपछि निको भएका छन् ।



अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ४२ हजार ५ सय १८ जनाको मृत्यु भएको छ भने ७ लाख ९२ हजार ९३८ जना संक्रमित फेला परेका छन् ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ४० जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ साथै ५ जना निको भएर घर फर्किएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: