अमेरिकामा झन भयावह हुदै कोरोनाः एकैदिन २८ सय भन्दा बढीको मृत्यु

meropati

काठमाडौं, १० बैशाख । कोरोना भाइरसबाट अमेरिकामा एकैदिन २८ सय ४  जना मानिसको मृत्यु भएको छ । कोरोना नियन्त्रणमा आउने बेलामा झनै चर्को रुपले मृत्यु बढेको हो ।

अमेरिकामा मृतकको संख्या ४५ हजार ३ सय १८ पुगेकाे छ । त्यस्तै संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ४४ पुगेकाे छ । एकैदिन नयाँ संक्रमित २५ हजार ९ सय ८५ जना विरामी भेटिएका छन् ।



सबैभन्दा बढी  २ लाख ५६ हजार ५५५ जना न्यूयोर्कमा संक्रमित भएका छन् । नयाँ संक्रमित ४ हजार ४६१ जना रहेका छन् । न्यूयोर्कमा १९ हजार ६९३ जनाको मृत्यु भएको छ । ७६४ नयाँ मृतक हुन् ।

न्यूजर्सीमा ९२ हजार ३८७ जना संक्रमित भएका छन् । ३ हजार ५८१ नयाँ संक्रमित हुन् । त्यहाँ ४ हजार ७५३ जनाको ज्यान गएको छ । ३७६ जना नयाँ मृतक हुन् ।

त्यस्तै पेन्सेल्भिनियामा नयाँ २६६ मृतक, मिचिगनमा २३२ नयाँ मृतक हुन् । त्यस्तै मासाचुसेट्समा १५२ नयाँ मृतक हुन् ।  मंगलबार सबैजसो राज्यमा मानिसले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: