कोरोना भाइरस अपडेटः

भारतमा कोरोनाबाट २० हजार बढी संक्रमितः एकै दिन १५ सय ४१ संक्रमित, मृतक ६४५

काठमाडौं, १० बैशाख । कोरोना भाइरसबाट भारतमा २४ घन्टायता १५ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो चार दिन निरन्तर एक हजार भन्दा बढीलाई हरेक दिन संक्रमण भएको छ ।

भारतमा संक्रमितको संख्या २० हजार ८० पुगेको छ । मृतकको संख्या ६४५ पुगेको छ । २४ घण्टामा ५३ जना नयाँ मृतक थपिएका छन् ।


advertisement

भारतमा ३ हजार ९७५ जनालाई निको भएको छ । भारतमा केस बन्द भएका घटनामा १४ प्रतिशतको ज्यान गएको हो । तुलनात्मक रुपमा यो अन्य ठूला देशको तुलनामा भने कम हो ।

नयाँ संक्रमित सबैभन्दा बढी २४ घण्टामा महाराष्ट्रमा ५५२ जना रहेका छन् । मंगलबार गाजियाबादपछि नोयडाले पनि दिल्लीसंगको आफ्नो सीमामा सिल गरेको छ ।

भारत संक्रमितको हिसाबले १७ औं देश बनेको छ जहाँ २० हजार भन्दा बढी संक्रमित छन् ।

यसअघि अप्रिल १६ मा १०६१, अप्रिल १८ मा १३७१, १९ अप्रिलमा १५८० र २० अप्रिलमा १२३५ जना नयाँ संक्रमित थपिएका थिए ।

भारतमा संक्रमण बढ्दै गएपछि सरकारले लकडाउनलाई आगामी मे ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको थियो । भारतमा दुई पटक गरी ४० दिन लकडाउन गरिएको हो ।

पछिल्ला दिनमा संक्रमित अझै बढी भएसंगै लकडाउन अझ थपिने संकेत गरिरहेको छ । तर कृषकहरुका लागि भने सुविधा दिइएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: