नवलपरासिका वृद्ध व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ, कोरोना संक्रमण नभएको पुष्टि

meropati

बुटवल, १० बैशाख । प्रदेश ५ मा पहिलोपटक देखीएका आरडिटी पोजेटिभ आएका पश्चिम नवलपरासीको बर्दघाटका एक वृद्धको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ संगै उनमा कोरोना संक्रमण नभएकाे पुष्टी भएकाे छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा रिर्पोट नेगेटिभ आएकाे हो  ।



७८ वर्षिय पुरुष व्यक्तिको बर्दघाटको चिसापानी अस्पतामा भएको र्यापिड टेष्ट पोजेटिभ आएपछि कोरोना संक्रमणको आशंकामा पिसिआर परिक्षणका पृथ्वी चन्द्र अस्पताल परासीमा नमुना संकलन गरी भैरहवामा रहेकाे प्रगोगशालामा पठाइएकाे हो ।

उनलाई अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसोलेनसमा राखिएकोमा अब डिस्चार्ज हुने अस्पतालका कोरोना फोकल डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: