अमेरिकामा कोभिड-१९ः ४७ हजार ६७६ को मृत्यु, ८ लाख ४८ हजार भन्दा बढी संक्रमित

meropati

काठमाडौं, ११ बैशाख । कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहान ७ बजे सम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको छ ।

यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३४१ जनाकाे ज्यान गएको छ ।



अमेरिकामा मात्रै आजसम्म ८ लाख ४९ हजार जनामा कोरोनाको संक्रमण देखिसकेको छ ।

जसमध्ये साढे ४७ हजारको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार अझै पनि संक्रमित छन् । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ ।

विश्वभर अहिलेसम्म २६ लाख ३७ हजार ६७३ मा कोरोनाको संक्रमण देखिसकेको छ ।

नेपालमा भने कोरोना संक्रमणका कारण आजसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तो छ चौविस घण्टामा मृत्यु धेरै हुने देशहरुः 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: