कोरोना भाइरस अपडेटः

कोरोना संक्रमितः झापाका ६२ वर्षीय पुरुषमा देखियो संक्रमण, यससंगैं नेपालमा संक्रमित ४९

काठमाडौं, १२ बैशाख । नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार झापा निवासी ६२ बर्षका पुरुषमा कोरोनाको संक्रमण देखिएको हो।

शुक्रवार बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा उनमा कोभिड १९ पोजिटिभ देखिएको हो। हाल उनलाई अस्पतालको आइसोलेशनमा राखिएको छ।


advertisement

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संखया ४९ पुगेको छ। १० जना निको भएर डिस्चार्ज भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: