लकडाउन लम्ब्याउने सरकारकाे तयारी, भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने

meropati
Spread the love

काठमान्डौं, १३ बैशाख । सरकारले १५ वैशाखपछि पनि लकडाउन लम्ब्याउने निश्चित भएको छ । केही जिल्लामा भने लकडाउनको ढाँचा परिवर्तन गर्नेबारे छलफल अघि बढेको छ ।

संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिमा रहेका एक मन्त्रीले बताए ।



बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने बताएका छन् । संक्रमण बढ्दै गएको भारतले २१ वैशाखसम्म लकडाउन तोकेको छ । नेपालमा पछिल्लो चार दिनमा १८ जनामा संक्रमण देखिएको छ । संक्रमण तेस्रो चरणमा पुगेकाले जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

उपत्यकामा चारजनामा संक्रमण देखिएकोमा सबै निको भएर घर फर्किसकेका छन् । उच्चस्तरीय समितिले काठमाडौंमा अत्यावश्यकबाहेक थप केही उद्योग चलाउन दिने सकिनेबारे छलफल अघि बढाइएको छ । नयाँ पत्रिकामा खबर छ ।

4 thoughts on “लकडाउन लम्ब्याउने सरकारकाे तयारी, भारतको अवस्था हेरेर मात्र नेपालमा लकडाउनबारे निर्णय हुने

  1. Thanks for your personal marvelous posting! I certainly enjoyed reading
    it, you happen to be a great author. I will be sure to bookmark
    your blog and will eventually come back at some point.
    I want to encourage continue your great work, have a nice afternoon!

  2. That is really interesting, You are a very professional blogger.
    I have joined your rss feed and sit up for in quest of more
    of your fantastic post. Additionally, I have shared your website
    in my social networks

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: