प्रदेश ५ मा कोभिड-१९ नागरिक सरोकार अभियान गठन

meropati

बुटवल, १३ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले निम्त्याएको मानवीय समस्याका बारेमा सहजीकरण गर्ने उदेश्यले प्रदेश ५ मा ‘कोभिड-१९ नागरिक सरोकार अभियान’ गठन भएको छ।

अधिकारकर्मी विनोद पहाडीको संयोजकत्वमा १ सय १ सदस्यीय स्वयंसेवी नागरिक सरोकार अभियान समिति गठन भएको हो। सरकार र जनतालाई जोड्ने तथा मानवीय सहयोग, सूचना र समन्वय गर्ने अभियानको उद्देश्य रहेको संयोजक पहाडीले बताए। आपतकालीन स्वास्थ्य उपचारबाट बञ्चित भएका नगरिकलाई उपचारमा सहयोग तथा सहजीकरण गर्ने, सरकार र सरोकारवालासँग समन्वय गरी सहजीकरणमा समितिले सहयोग गर्ने जनाइएको छ।



अभियानमा मानवअधिकारकर्मी गोविन्द खनाल (रुपन्देही), समुन्द्र जिसी (रुपन्देही), पदमबहादुर कार्की (पाल्पा), शारदा घिमिरे (रुपन्देही), पोमनारायण पौडेल (कपिलवस्तु), प्रेमनारायण अधिकारी (बर्दिया), निर्दोष अली (अर्घाखाँची), कमला विश्वकर्मा (गुल्मी), गोपी ज्ञवाली (नवलपरासी), रामराज पोखरेल (रुपन्देही) र विक्रम खड्का (गुल्मी) छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: