कोरोना भाइरस अपडेटः

कोरोनाः गत २४ घण्टामा ६ हजार भन्दा बढीको मृत्यु, ९० हजार बढी संक्रमित (सुचीसहित)

काठमाडौं, १४ बैशाख । विश्वभरका २१३ देशमा फैलिएका कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४० कोरोना संक्रमितको मृत्यु हुँदा अमेरिकामा मात्रै २ हजार ५५ को ज्यान गएको छ ।

कोरोनाले विश्वभर २ लाख ३ हजार १३९ को ज्यान जाँदा अमेरिकामा मात्रै ५४ हजार २४८ को ज्यान गएको छ ।


advertisement

पछिल्लो २४ घण्टामा ९० हजार १०८ नयाँ संक्रमित थपिएका छन् । यसमध्ये अमेरिकामा मात्रै ३५ हजार २९३ संक्रमितको पहिचान भएको छ । हाल विश्वभर १८ लाख ७९ हजार ३०९ कोरोना संक्रमित रहेका छन् । जसमध्ये ५८ हजार १७८ को अवस्था गम्भीर रहेको छ । अमेरिकामा उपचाररत १५ हजार ११० संक्रमितको अवस्था गम्भीर रहेको छ ।

नेपालमा भने हालसम्म कोरोनाका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । ४९ जनामा कोरोाना संक्रमण देखिएको छ । जसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् । उपचाररतको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ८७ जना आइसोलेसनमा छन् । १४ हजार ७३१ क्वारेन्टाइनमा छन् ।

गत २४ घण्टामा कुन देशमा कति मृत्यु हेर्नुहोस सुचीः

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: