कोरोना भाइरस अपडेटः

इटली र स्पेनमा लकडाउन खुकुलोः स्पेनमा ६ हप्तापछि बच्चा घरबाहिर निस्किन पाए

काठमाडौं, १५ बैशाख । सरकारले बालबालिकालाई घर बाहिर निकाल्ने अनुमति दिए पछि स्पेनमा छ हप्ता पछि आइतबार केटाकेटी बाहिर निस्किएका छन् ।

सरकारले लकडाउनमा केही छुट दिँदै १४ वर्ष मुनिका बच्चालाई विहान ९ बजेभन्दा पहिला र राति ९ बजे एक घण्टा घर बाहिर निस्किन अनुमति प्रदान गरेको छ बीबीसीले जनाएको छ ।


advertisement

१४ मार्चबाट उनीहरुलाई घर बाहिर निस्किन प्रतिवन्ध थियो । यद्यपि स्पेनमा अझै पनि पूर्ण छुट भने छैन । बच्चाहरुले अझै पनि सार्वजनिक पार्कमा जान र घरबाहिर एक किलोमिटरभन्दा टाढा जान पाउँदैनन् ।

६ हप्तापछि घरबाहिर निस्किन अनुमति मिलेपछि आइतबार विहान सबेरैबाट अभिभावकहरुले आआफ्ना बच्चा लिएर घरबाहिर निस्किएको देखिएको थियो । बच्चाहरुले बाहिरी संसार नौलो मानेर रमाएका तस्बिरहरु सञ्चारमाध्यममा आएका छन् ।

स्पेनमा कोरोना भाइरसको संक्रमणका कारण २३ हजार १९० जनाको ज्यान गइसकेको छ । संक्रमण कम गर्न भन्दै त्यहाँको सरकारले लकडाउन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: