पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

meropati

काठमाडौं, १५ वैशाख । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको हो ।



गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो । उपाध्यायविरुद्ध आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो । यस मुद्दामा दोषी ठहरिए पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।

अदालतको आदेशपछि उपाध्याय २५ हजार धरौटी बुझाएमा प्रहरी हिरासतबाट आजै रिहा हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: