कोरोना भाइरस अपडेटः

निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने

काठमाडौँ , १५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने जनाएको छ । सोमबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा विकास देवकोटाले कोभिड परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरेको बताए ।

उनले भने, ‘अब निजी प्रयोगशालाले पनि कोभिड १९ को परीक्षणका लागि बाटो खुलाभएको छ।’ सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने उनले बताए।


advertisement

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ५२ रहेको छ। जसमा १६ जना निको भएका छन्। सोमबारसम्म नेपालमा आरडीटी विधिबाट ४३ हजार ६३ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट १० हजार ४ सय ७१ परीक्षणहरु भएका छन्। कुल दुवै विधिबाट ५३ हजार ५ सय ३४ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी आजको अपडेटमा आइसोलेसनमा देशभरी १०६ जना रहेका छन्। काठमाडौँमा ८ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ९८ जना रहेका छन्। क्वारेन्टाइनमा २० हजार १सय ९५ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: