ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल

meropati

काठमान्डौं, १६ बैशाख ।  वरिष्ठ नेता नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने । नयाँ पत्रिका दैनिकमा खबर छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: