अमेरिकामा फेरि बढ्यो कोरोनाको संक्रमणः मृतकको संख्या ५९ हजार नाघ्यो

meropati

काठमाडौं, १७ बैशाख । कोरोना भाइरसको सबैभन्दा बढी असर परेको अमेरिकामा सोमबार मृतक र संक्रमित घटेका भए पनि मंगलबार फेरि बढेका छन् ।

अमेरिकामा २४ घण्टाको अवधिमा २५ हजार भन्दा बढी संक्रमित थपिँदा २५ सय जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या १० लाख ३६ हजार पुगेको छ ।



त्यस्तै मृतकको संख्या ५९ हजार २५० नाघेको छ । यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोचेभन्दा धेरै बढी हो ।

जम्मा १ लाख ४२ हजार १६२ जनालाई मात्र निको भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख १ हजार ४५० जना संक्रमित हुँदा २३ हजार १४४ जनाको ज्यान गएको छ ।

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख १३ हजार ८५६ जना संक्रमित हुँदा मृतकको संख्या ६ हजार ४४२ पुगेको छ ।

सोमबार संक्रमित र मृतक घटेपछि अमेरिकामा बिस्तारै लकडाउन खोल्ने बारेमा ट्रम्पले गभर्नरहरुसंग सल्लाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: