आजकाे मौषमः चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

meropati

काठमाडौं, १७ वैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी  भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाटसमेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका  एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।



बुधबार दिउँसो  देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राती पनि  देशभर सामान्य बदली रही मध्य र पूर्वका केही  स्थानहरुमा र पश्चिमका एक दुई स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पूर्व र पश्चिमका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ  ।

.विहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशको पहाडी भू(भागमा सामान्य बदली रही केही  स्थानहरुमा  अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: