कोरोना भाइरस अपडेटः

नेपालमा फेरी थपिए तिन जना कोरोना संक्रमितः संक्रमितको संख्या ५७ पुग्यो

पर्सा, १७ बैशाख । बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ। भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो।

नारायणी अस्पताल स्रोतका अनुसार बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो। यस संगै नेपालमा संक्रमित हुनेकाे संख्या ५७ पुगेकाे छ ।


advertisement

हेटौंडास्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटीभ भेटिएको स्रोतको दावी छ। यसको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टी गर्न भने बाँकी छ।

जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली नै हुन।  यसअघी रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो। नेपालमा सबैभन्दा बढी उदयपुरमा संक्रमित भएका छन् । भने हाल सम्म १६ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: